२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाग्लुङमा सम्बन्ध बिच्छेदका घटना बढ्दै, प्रमुख कारण बैदेशिक रोजगार


0
Shares

बाग्लुङ । नयाँ मुलुकी संहिता लागू भएसँगै बाग्लुङमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् ।

जिल्ला अदालत बाग्लुङमा चालू आर्थिक वर्षको हालसम्म ९१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको श्रेस्तेदार शाखा अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए ।

पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढ्नुको मुख्य कारण बैदेशिक रोजगारी नै भएको शाखा अधिकृत रेग्मीको भनाइ छ ।

त्यस्तै नयाँ कानुन लागू भएपछि सम्बन्ध बिच्छेदका घटना थप बढ्न थालेको रेग्मीले बताए ।

नयाँ कानुन लागू हुनु अघि सम्बन्ध विच्छेदका लागि महिला मात्रै अदालतमा आउने गरेको भए पनि अहिले भने पुरुष पनि पुग्ने गरेको अदालतले जनाएको छ ।

चालू आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बाग्लुङमा ज्यान मुद्दासम्बन्धी ६, बहुविवाह ४, जवरजस्ती करणी सम्बन्धी १०, लागू औषधसम्बन्धी २ र घरेलु हिंसा सम्बन्धी २ वटा मुद्दा परेका छन् ।