नवीनराज कुइँकेल (इमेज) लमजुङ, भदौ २७ । मंगलबारदेखि परेको अविरल वर्षापछि लमजुङका विभिन्न स्थानमा बाढी–पहिरोको त्रास छ । बाढी–पहिरोमा परी चारजना बेपत्ता भएका छन् । आधादर्जन व्यक्ति घाइते भएका छन् । बेसीसहर नगरपालिका–१०, चितिमा निर्माणाधिन तल्लो दोर्दी आयोजनामा काम गर्दै गरेका बलिराम चौधरी र लक्ष्मण थारुलाईे मर्स्याङ्दीको भेलले बगाएको हो । दोर्दीमा एक्कासि बाढी आएपछि…