कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने सुरु भएको छ । सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरभित्र सरकारी तथा निजीस्तरमा निर्माण गरिएका संरचना नगरपालिकाले डोजर लगाएर हटाउन थालेको हो । कृष्णनगरको लिङ गेटदेखि अतिक्रमण हटाउन सुरु गरिएको मेयर रजतप्रताप शाहले बताए । जिल्ला कै प्रमुख भन्सार तथा व्यापारिक केन्द्रमा सडक अतिक्रमण गरिएपछि आवतजावतमा…