चितवन, भदौ २७ । पहिरोको कारण हिजो बिहानदेखि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज मध्यान्ह १२ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ ।
हिजो साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडक आज मध्यान्हबाट भने दुईतर्फी रुपमै सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ ।
अहिले पनि स्काभेटरको सहयोगमा सडकमा खसेको पहिरो पन्छाउने काम भने भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला, जलवीरे, सत्रकिलो र चारकिलोमा हिजो पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्