२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


राजीनामा फिर्ता लिँदै छानबिन समितिमा फर्किए उपसचिव वीरेन्द्र केसी


0
Shares

काठमाडौं, भदौ २७ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धमा छानबिन गर्न गठित सरकारी छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी राजीनामा फिर्ता लिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उनी छानबिन समितिमै रहेर काम गर्न राजी भएका हुन् । समितिमा रहेर निर्मलाका हत्यारा पत्ता लगाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

गत सोमबार उनले राजधानीमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका थिए । छानबिन समितिको म्याद थपिएकोप्रति असन्तु्ष्टि जनाउँदै उनले निर्मलाको आत्मा र उनका परिवारलाई न्याय दिन सक्ने अवस्था नदेखिएका कारण आफू सो जिम्मेवारीमा रहन असमर्थ रहेको जनाएका थिए ।