सर्लाही, भदौ २७ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्व तिथि घटेका कारण बुधबारै मनाइँदैछ ।
यो पर्वमा चन्द्रमाको पूजाआजा गरी दिनभर निराहार बसेर साँझपख विविध पकवान, फलफूलका साथै माटोको भाडोमा जमाएको दही अर्पण गर्ने गरिन्छ ।
स्कन्दपुराणअनुसार भगवान कृष्णमाथि लोभ वंश मित्रको हत्या गरेको आरोप लागेपछि नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथिको कलंकबाट मुक्त भएका थिए ।
सोहीअनुसार ब्रत गरी चन्द्रमालाई अर्घ्य दिने ब्रतालु धनवान् एवं पुत्रवान् हुनुका साथै प्रशन्न हुने जनविश्वास छ ।
बुधबार तराई क्षेत्रमा विशेष धुमधामका साथ यो पर्व मनाइँदैछ ।
त्यस्तै, पछिल्लो समय तराई समुदायका नारीहरुले पनि हरितालिका पर्व धुमधामका साथ मनाउन थालेका छन् ।
विगतमा फरक–फरक दिनमा हरितालिका र चौठचन्द्र पर्व मनाइएपनि यो वर्ष भने तिथिका कारण एकैदिन मनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्