काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका २०४ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसन (यूएनएमआईएसएस) मा कार्यरत १५औँ डफ्फालाई बदली गर्न गएको नेपाली सेनाको १६औँ डफ्फाको दोस्रो तथा अन्तिम टोली असोज २५ गते मिसन क्षेत्रमा प्रस्थान गरेको थियो। त्यससँगै आफ्नो कार्यकाल पूरा गरेका २०४ जना नेपाली शान्ति सैनिक सोही दिन स्वदेश फर्किएका हुन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा नेपाली सेना लामो समयदेखि खटिँदै आएको छ।
नेपाली सेनाका अनुसार हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत छन्।








प्रतिक्रिया दिनुहोस्