कपिलवस्तु, कार्तिक ४ । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले साँझ निषेधाज्ञा (कर्फ्यु) लगाएको छ । युवाबीच झडप भएपछि साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति…