१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


बस दुर्घटनामा ३६ जना घाइते


0
Shares

उर्लाबारी, कार्तिक ४ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को१ख ४५१७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)