
चितवन, कार्तिक ४ । दशैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका छन् ।
उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशिलसिंह राठौरका अनुसार नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् । दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २० जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्