
स्याङ्जा, कार्तिक ४ । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्थानीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
घाईतेहरुको गल्याङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज पठाइएको छ । सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नम्बरको जीप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्