१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


परम्परागत घुमाउने घरहरु लोप हुँदै


0
Shares

लमजुङ, कार्तिक ४ । लमजुङका ग्रामीण भेगहरुमा परम्परागत घुमाउने घरहरु लोप हुँदै गएका छन् ।

एक दशक अघिसम्म सयौँको सख्यामा रहेका घुमाउने घर अहिले औँलामा गन्न सकिने भएका छन् । आधुनिक संरचनाको नमूना भित्रिएसँगै घुमाउने घरहरु लोप हुन थालेका हुन् ।

ग्रामीण भेगमा पनि परम्परागत शैलीमा निर्माण भएका संरचनाहरु भेटाउन मुस्किल हुन थालेको छ । पुरानो शैलीका संरचना भत्काउदै गर्दा परम्परागत घुमाउने घरहरु पनि भत्किंदै जान थालेका छन् ।

घलेगाउँ, सिउँरुङ, राईनास लगायतका गाउँहरुमा भने घुमाउने घरहरु संरक्षण गरिएको छ । गाउँमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरु घुमाउने घरमा निकै रमाउने गरेको स्थानीय बताउँछन् ।