काठमाडौं, असोज २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाटमात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई शनिबर राजधानीमा सम्बोधन गर्दै उनले विद्यालयमा दिइने औपचारिक शिक्षालेमात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने–‘अब कक्षाकोठाको पढाइलेमात्र पुग्दैन । विद्यार्थीलाई घरगाउँमा, खेतमा नै लगेर शिक्षा…