Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


काठमाडौंसहित देशभर मेघ गर्जनसहित क्षणिक वर्षा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र  हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले…