कञ्चनपुर । सुदूरपश्चिमको महान चाड गौरा पर्व आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको पञ्चमीका दिन सुरु हुने सुदुरपश्चिमेलीहरुको मुख्य चाड गौरा पर्वमा आज घर घरमा पन्च अन्न विरुडा भिजाएर गौराको थालनी गरिएको हो । गौरा पर्वमा विवाहित महिलाहरुले आजको दिन निराहार व्रत बसेर सगुन गाउँदै तामाको भाडामा गहुँ, केराउ, गहत, मास र गुरौज लगायतका…