चितवन । चितवनमा निषेध्याज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासनले यस्तो घोषणा गरेको हो । चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा…