२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दैलेखमा एकैदिन भूकम्पका तीन धक्का


0
Shares

दैलेख, असोज १९ । दैलेखको नारायण नगरपालिका वडा नम्बर–१०, भवानीलाई केन्द्रविन्दु बनाएर लगातार तीनपटकसम्म भुइँचालो गएको छ ।

शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा पहिलो, १२ः५३ मा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको हो ।

अधिकांश कच्ची घर भएका कारण पुनः भूकम्प आएमा क्षति हुने भन्दै धेरै नागरिक घरबाहिर निस्केका छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतकाअनुसार १२ः५३ मिनेटको भूकम्प ४ रिक्टर स्केलको रहेको थियो ।

लगातार झड्का गइरहेकाले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

वि.सं. २०२८ मा दैलेखमा ठूलो भूकम्पपछि महामारी फैलिएको र त्यसपछि त्यति ठूलो भूकम्पको झड्का नआएको बूढापाका बताउँछन् । रासस