काठमाडौं, असोज २४ । बडादसैंको अवसर पारेर राजधानीको बत्तीसपुतलीमा बुधबारदेखि श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिएको छ । बुधबार बिहान महायज्ञस्थल कुमारी मन्दिरबाट निकालिएको कलशयात्राले विभिन्न ठाउँको परिक्रमा गरेको थियो । विश्वशान्ति अभियान नेपालका संस्थापक मुरलीधर पोखरेलले महायज्ञमा कथावाचन गर्दैछन् ।