काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
ललितपुरको सातदोबाटोमा निर्माण भएको महानगरीय ट्राफिक प्रहरी भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले गलत काम गर्ने प्रहरी प्रमुख र जवान जोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिए ।
गलत काम गर्नेहरु प्रहरी संगठनभित्र बस्न नसुहाउने उनको भनाई थियो ।
केही व्यक्तिले गलत काम गर्दा समग्र प्रहरी संगठन बदनाम भएको भन्दै उनले प्रहरी संगठन बदनाम हुँदा आफूमाथि चोट लागेको बताए ।
सरकारले दिएको जिम्मेवारी प्रहरीले इमान्दारीतापूर्वक पूरा गरेको उनको भनाई थियो ।
खनालले केही दिनभित्रै प्रहरीले राम्रो काम गरेर देखाउने प्रतिबद्धतसमेत व्यक्त गरे ।
महानिरीक्षक खनालले प्रहरीले कुनै पनि घटना नलुकाई पारदर्शी गर्नुपर्ने बताए ।
कार्यक्रममा महानगरीय ट्राफिक भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
त्यसैगरी ट्राफिक व्यवस्थापन र विभिन्न स्थानमा ट्राफिक भवन निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछ्ेथुलाई समेत सम्मान गरियो । भवन २ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्