मनिष गुप्ता (इमेज)
कपिलवस्तु, असोज २४ । भारतले भगवान् गौतमबुद्ध आफ्नो भूमिमा जन्मिएको भनेर अफवाह फैलाउँदै गरेको एक कार्यक्रममा नेपालको प्रतिनिधिसभाका एक सांसद पनि सहभागी भएको खुलासा भएको छ ।
कपिलवस्तु-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अभिषेकप्रताप साह मंगलबार भारतले गरेको बुद्ध सर्किट राष्ट्रिय राजमार्ग ७३० को शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिकारुपमा सहभागी भएको खुलासा भएको हो ।
भारतको सिद्धार्थनगरमा कृत्रिम बौद्ध विहार र लुम्बिनी बनाएर विश्व शान्तिका दूत गौतमबुद्ध भारतमै जन्मेको दाबी गर्दै भारतले प्रचार गरिरहेको छ ।
साह सहभागी भएको कार्यक्रमको ब्यानर र सम्मानपत्रमा नै ‘गौतमबुद्ध की जन्मस्थली जनपद—सिद्धार्थनगर मे’ भनेर लेखी विश्वसामु भ्रम छर्ने प्रयास गरिएको छ ।
नेपालका जिम्मेवार प्रतिनिधिसभाका सांसद नै यस्तो कार्यक्रममा सहभागी हुनु राम्रो नभएको बुद्धिजीवीहरुको भनाइ छ ।
कार्यक्रममा सहभागिता जनाएर साहले पनि गौतमबुद्ध भारतमा जन्मिएको स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमासमेत चर्को आलोचना सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्