२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बडादशैंमा पाथीभरा देवीको मन्दिर किन जाने ? (हेर्नुहोस भिडियो)


0
Shares

-सन्तोष पुर्कुटी/ईमेज:

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिरको दर्शन गरे सबै मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ ।

पाथिभरा देवीको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा ठूलो महत्व देखिन्छ ।

नेपालकै प्रमुख शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा नवरात्रको समयमा विशेष पूजा अर्चना गरी बली चढाउने चलन छ । यहाँ वर्षेनी २ लाख भन्दा बढी दर्शनार्थी आउने गर्दछ ।

जसका कारण धार्मिक पर्यटन वृद्धि गर्नका लागि बलियो आधार तय गरेको देखिन्छ ।

देशभरी नवदुर्गा भवानीको पूजाअर्जना भव्यताका साथ सुरु भइरहँदा पाथिभरा देवीको मन्दिरमा पनि चहलपहल भइरहेको छ ।

देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।

पाथीभरा देवीको महिमा र देवीप्रतिको आस्थाका कारण देश विदेशबाट दर्शनार्थी आउने क्रम जारी छ ।

इतिहास फगत इतिहास मात्रै होइन वर्तमानको आधार पनि हो त्यसैले पनि यस मन्दिर प्रतिको श्रद्धा र यसको शक्तिबारे मानिसहरुमा गहिरो विश्वास देखिन्छ ।

साक्षात् शक्तिशाली देवीको रुपमा पचिरचित यस मन्दिरमा भाकल र दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको दर्शनार्थी बताउँछन् ।

प्रायः बाह्रै महिना दर्शनार्थीको खचाखच हुने यस मन्दिरमा नवदुर्गाको अवसरमा त अझ थामिनसक्नु भीडभाड देखिन्छ ।

पाथीभरा दर्शनका लागि पहिलेदेखि नै राजा, महाराजादेखि उच्च पदस्थ अधिकारीहरु पनि आउने गर्दथे र अहिले पनि जारी छ ।

हिन्दु धर्मावलम्बी मात्र होइन किराँत धर्म मान्नेहरु पनि यहाँ पुग्ने गरेका छन् ।

धार्मिक पर्यटन प्रर्वद्धनका हिसाबले ठुलो सम्भावना बोकेको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर अझै पनि भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारको पर्खाईमा रहेको छ ।