काठमाडौं, भदौ २६ । सरकारले विभिन्न गुठी, अधिग्रहण गरिएका तथा सार्वजनिक जग्गा हिनामिनाको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)अन्तर्गत् गठित छानबिन समितिको म्याद दुई महिना थपेको छ । बिहीबार अपराह्न सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएको आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त समितिको म्याद आउँदो असोज २८ गतेसम्म…