२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सडकमा माग्दै हिँड्ने बालबालिका नियन्त्रणमा, प्रहरी पुग्दा रुवाबासी


0
Shares

काठमाडौं, भदौ २६ । काठमाडौंका सडकहरुमा माग्दै हिँड्ने बालबालिकालाई नेपाल प्रहरीको खोजतलास समन्वय केन्द्रले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका अधिकांश बालबालिका भारतीय मूलका छन् । जसमा एकै परिवारका दिदी–बहिनी र दिदी–भाइ रहेको पाइएको छ ।

विभिन्न ठाउँमा अलग–अलग बसेर माग्ने गरेका उनीहरुले हातमा पर्चा लिने र सोही पर्चाकै आधारमा माग्ने गरेका थिए ।

उनीहरुले बसपार्क र भीडभाड हुने ठाउँलाई माग्ने थलोकारुपमा प्रयोग गर्दै आएका थिए ।

बिहीबार सडकमा माग्दै हिँड्ने बालबालिकालाई नियन्त्रणमा लिन प्रहरीको टोली पुग्दा उनीहरुमा रुवाबासी चलेको थियो ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरुले परिवार पाल्नका लागि माग्ने गरेको बताएका छन् ।

नियन्त्रणमा लिइएकाहरुलाई सम्झाइ–बुझाइ परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

सहरमा माग्नेहरुको संख्या कम गरी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउन भन्दै समन्वय केन्द्रले सडकमा माग्ने बालबालिकाकालाई नियन्त्रणमा लिने अभियान नै चलाएको छ ।