रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु • Image Khabar Image Khabar


रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु


Imagekhabar
२६ भाद्र २०७६, बिहीबार १५:३४

रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुम, भदौ २६ । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–१०, चुनको दलित नमुना बस्तीका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय मालिका माध्यमिक विद्यालयबाट फर्कंदै गर्दा बुधबार उनीहरु पहिरोमा परेका थिए ।

मृत्यु हुनेमा कक्षा–४ मा पढ्ने सावित्रा विक र दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पहिरोमा पुरिएलगत्तै उद्धार गरिएपनि उनीहरुलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।

यस वर्ष रुकुम पश्चिममा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्