रौतहट, कात्तिक १५ । रौतहटका छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ । गौर–चन्द्रपुर सडकखन्डको गरुडा नगरपालिका–८, जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक/एक गरी दुई पुरुषको शव फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाकाअनुसार गौर–चन्द्रपुर सडकखन्डअन्तर्गत् जिंगडियानजिक मूल बाटोछेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको…