१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


रौतहटमा दुई पुरुषको शव भेटियो


0
Shares

रौतहट, कात्तिक १५ । रौतहटका छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ ।

गौर–चन्द्रपुर सडकखन्डको गरुडा नगरपालिका–८, जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक/एक गरी दुई पुरुषको शव फेलापरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाकाअनुसार गौर–चन्द्रपुर सडकखन्डअन्तर्गत् जिंगडियानजिक मूल बाटोछेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव बिहीबार फेलापरेको हो ।

माधवनारायण नगरपालिका–६, माधोपुर गाउँछेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेलापरेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीकाअनुसार माधोपुर गाउँछेउमा मृत फेलापरेका युवकको घाँटीमा नीलडाम देखिएको छ ।

प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शव परीक्षणको रिपोर्ट आएपद्धि मृत्युको कारण खुल्ने बताए । रासस