
काठमाडौं, कात्तिक १४ । सभामुख कृष्णबहादुर महरा बुधबार थापाथलीस्थित नर्भिक अस्पताल गइ त्यहाँ उपचाररत् वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिए ।
न्यूरो अस्पतालबाट तुलाधरलाई मंगलबार ‘रिफर’ गरी नर्भिक अस्पतालमा लगिएको थियो ।
सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उनको उपचारमा संलग्न छन् ।
सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी गराएका थिए ।
उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुख महराको निजी सचिवालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्