Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

शरच्चन्द्र भण्डारी न्युयोर्क, असोज १० । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा…