१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘सांस्कृतिक आदान–प्रदानमार्फत् नेपाल–चीन सम्बन्ध मजबुत बनाउनुपर्छ’


0
Shares

काठमाडौं, असोज ९ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सांस्कृतिक आदान–प्रदानमार्फत् दुई देशबीचको सम्बन्ध मजबुत बनाउनुपर्ने बताएकी छन् ।

जनवादी गणतन्त्र चीनको ७०औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दुई देशबीचको मौलिक संस्कृति, परम्परा र कलाको आदान–प्रदान र प्रदर्शनहरु गर्नुपर्ने बताइन् ।

त्यसबाट जनस्तरको सम्बन्ध सुदृढ बन्ने उनको धारणा थियो ।

कार्यक्रममा चीनको हुनान प्रान्तको पराम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।