
काभ्रे, असोज ९ । काभ्रेको कोसीपारीस्थित चौरीपोखरीबाट काठमाडांै आउँदै गरेको बा२ख ६३८६ नम्बरको बस काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–७, फलाटेको क्यामुनेचौरमा दुर्घटना भएको छ ।
बिहीबार दिउँसो भएको दुर्घटनामा १० यात्री घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
४० जना सवार बस सडकमै पल्टिएको थियो ।
कच्ची सडकमा क्षमताभन्दा बढी यात्री राख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्