काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ गते अनिवार्य अवकास पाउने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज…