१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


ललितपुरमा मोटरसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु


0
Shares

ललितपुर, मंसिर १७ । ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको हो । कँडेलले चलाएको बा९४प ६१९७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे दुर्घटना भएको हो ।

सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा१६च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पु¥याएका थिए । उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।