२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


बाईक, सुमो र भ्यान आपसमा ठोक्किँदा तीनजना घाईते


0
Shares

रविन भट्टराई

झापा, मंसिर १६ । पूर्व–पश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिकाको जुकेमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा तीनजना घाईते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर छ । 

आईतबार साँझ करिब पाँच बजे पश्चिमबाट पूर्वतर्फ आईरहेको मे१च १८०७ मारुती भ्यान, सोही दिशाबाट आउँदै गरेको मे१ब ३५० नम्बरको सरकारी मोटरसाईकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ज २३३० टाटा सुमो जिप एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक इलाम सिंचाई कार्यालयमा कार्यरत इलाम देउमाई नगरपालिका–३ का ३१ वर्षीय जोसेफ राई, भ्यान चालक कनकाई नगरपालिका–२ का ३१ वर्षीय डम्बर कार्की र भ्यानमा सवार कनकाई नगरपालिका–१ का ६० वर्षीय कुबेर नेपाली घाईते भएका हुन् ।

घाईतेमध्ये मोटरसाईकल चालक र भ्यान चालकको अवस्था गम्भिर रहेको छ भने भ्यानमा सवार नेपालीको अवस्था समान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश कुमार राईले बताए । गम्भिर घाईते दुई जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ । सामान्य घाईते नेपाली प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

मोटरसाइकलले ओभरटेक गर्न लाग्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको टाटा सुमोसँग ठोक्किन पुगेको थियो । त्यसपछि तीनवटै सवारी एक आपसमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ । सुमोका चालक फरार छन् ।