२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अधिकांश अपराधी पक्राउ गर्न प्रहरी सफल : महानिरीक्षक खनाल


0
Shares

नुवाकोट, मंसिर १६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीको खोजी, अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले कुनै सम्झौता नगर्ने बताएका छन् ।

नुवाकोटमा आज प्रहरी भवनको उदघाटन गर्दै उनले मुलुक संघीयतामा गएसँगै प्रहरी संगठनलाई परिमार्जन गर्दै अपराध अनुसन्धानमा सहज बनाएको बताए ।

अपराध रोकथाम, अपराध नियन्त्रण र नागरिकको सुरक्षाजस्ता केन्द्रीय दायित्वमा प्रहरी संगठन पूर्ण प्रतिबद्ध रहेको चर्चा गर्दै उनले अधिकांश अपराधी पक्राउ गर्न प्रहरी सफल भएको दावी गरे ।

विविध चुनौतीका बाबजुद छिमेकी देशका प्रहरीसँग सहकार्य र इन्टरपोलको सहयोगमा समेत बाहिरी मुलुकबाट अपराधीलाई ल्याएर कानुनी कारवाही गर्न प्रहरी सफल भएको उनको भनाइ थियो ।