काठमाडौं, मंसिर १९ । बलात्कारका घटना कम गर्न सबै पक्ष एकजुट हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । साथी संस्थाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले अझै केही वर्षसम्म बलात्कारका घटना बढ्नसक्ने भन्दै सबै सचेत हुनुपर्ने बताए । प्रहरीले ९४ प्रतिशत पीडकलाई कानुनी दायरामा ल्याएको दाबीसमेत उनले…