काठमाडौं, मंसिर १८ । एटविन नेपालले वि.सं २०६९ देखि २०७३ सम्ममा सन्चारमाध्यममा प्रकाशित मानव बेचविखन तथा ओसारपसारका समाचारको विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनमा मानव बेचविखन तथा ओसारपसारका विविध आयामहरुको अध्ययन तथा विश्लेषण गरिएको छ ।
मानव बेचविखनमा १७ वर्षसम्मका बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनले औंल्याएको छ ।
३८ प्रतिशत मानव बेचविखन तथा ओसारप्रसार वैदेशिक रोजगारीको आडमा हुने गरेको देखिएको छ । यसलाई पहिचान गर्दै वैदेशिक रोजगार ऐनमा समेट्न आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
सूचना–प्रविधि र सामाजिक सन्जालको बढ्दो प्रयोगले नियन्त्रणमा चुनौती थपिएको अध्ययनले देखाएको छ ।
अर्कोतर्फ सरकारी निकाय र पदाधिकारीकै मिलेमतोमा बेचविखन तथा ओसारपसारका कार्य हुँद थप जटिलता थपिएको अध्ययनको निष्कर्ष छ ।
अध्यागमनका कर्मचारी, दूतावासका कर्मचारी तथा राजदूत नै बेचविखन तथा ओसारपसारमा संलग्न भएका समाचारको पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार विजय पौडेलले सरकारले महिलालाई रोजगारीका लागि खाडी मुलुकमा जान प्रतिबन्ध लगाएपनि जानेक्रम नरोकिएको भन्दै अवैध तरिकाले जाँदा यौनशोषण, श्रमशोषण र मानव बेचविखन बढिरहेको उल्लेख गरे ।
मानव बेचविखनकोे घटनामा कमी ल्याउन सरकारले तत्काल यस विषयमा ठोस निर्णय गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा सहभागीहरुले बेचविखनमा परेकाहरलाई उद्धार गरेर फिर्ता ल्याएपनि रोजगारीकै लागि उनीहरु पुनः जाने जोखिम रहेको बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्