काठमाडौं, मंसिर १९ । बलात्कारका घटना कम गर्न सबै पक्ष एकजुट हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
साथी संस्थाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले अझै केही वर्षसम्म बलात्कारका घटना बढ्नसक्ने भन्दै सबै सचेत हुनुपर्ने बताए ।
प्रहरीले ९४ प्रतिशत पीडकलाई कानुनी दायरामा ल्याएको दाबीसमेत उनले गरे ।
कार्यक्रममा रक्षा नेपालकी मेनुका थापाले बलात्कारपीडितहरुलाई शिक्षाको व्यवस्था गर्न सरकारको सहयोग आवाश्यक रहेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्