१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


प्रधानसेनापति थापा र अमेरिकाका सहायक रक्षामन्त्री स्क्रीभरबीच भेटवार्ता


0
Shares

काठमाडौं, मंसिर १९ । प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभरबीच भेटवार्ता भएको छ ।

बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटमा सैन्य सहायता, नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा अमेरिकी सहयोग सम्बन्धमा छलफल भएको जनाइएको छ ।

छलफलबाट नेपाली सेनाको विश्व शान्ति स्थापनामा थप सहयोग पुग्ने विश्वास सेनाले लिएको छ ।