१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


बाग्लुङ दुर्घटनामा बेपत्ता भएका कार्कीको शव फेला


0
Shares

-डम्मर बुढा मगर/ईमेज

बाग्लुङ । मंगलबार बडिगाडमा दुर्घटनामा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

गुल्मीको इस्मादेखि बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को बायखोला कुलपूजाको लागि छुटेको जीप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा इस्मा गाउँपालिका–४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएका थिए ।

बुधबार बिहान स्थानीयले कार्कीको शव खोलाको किनारमा भेटाएका हुन् । शव बडिगाड गाउँपालिका–७ भीमगिठे नजिकै भेटाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।

मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए ।

घाइतेको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने, मृतक १० जनाको मंगलबार नै सामूहिक अन्त्येष्टि गरिएको छ ।

पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान १० बजे दुर्घटना भएको थियो ।