-प्रकाश पाक्साँवा/ईमेज तेह्रथुम । परिवारको खुशीसँगै रमाई रहेका थिए, छथर गाउँपालिका–१ आङदिम डङडङेका साङगे शेर्पा । उनी आफ्नो कार्यालयको काममा इमान्दार र समाजसेवामा क्रियाशिल थिए । नेपाल टेलिकम हिले धनकुटामा कार्यरत शेर्पाले यसपाली छोराको बिहेको लागि चाँजोपाँजो मिलाउँदै थिए । छोराको लागी खोटाङमा बेहुली मगनी समेत गरिसकेका शेर्पा छोराको बिहेको तयारी जुट्न थालेका थिए ।…