२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


बालबालिकासम्बन्धी भावी कार्यदिशाबारे अन्तरक्रिया


0
Shares

काठमाडौं, पुस १ । बालबालिकासम्बन्धी भावी कार्यदिशाबारे सरोकारवालाहरुसँग मंगलबार राजधानीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा गरिएको कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियाका सहभागीहरुले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा पनि राज्यको ध्यान बालबालिकाको हक, हिततर्फ नगएको गुनासो गरेका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको उपस्थितिमा भएको कार्यक्रममा अब बन्ने नियमावलीमा बालबालिकाको अधिकार सुनिश्चित गरी कुनैपनि बालबालिकाले अनाथ, असहायरुपमा बाँच्नु नपर्ने वातावरण बनाउन सुझाव दिइएको थियो ।

नेपालमा संख्यात्मकरुपमा बालगृहरु धेरै रहे पनि न्यूनतम् मापदन्डसमेत पूरा नगरी खोलिएकाले बालबालिकाको नैसर्गिक अधिकारको रक्षा हुन नसकेको सहभागीहरुको गुनासो थियो ।