बझाङ, पुस १ । बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा छन् ।
गएको मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलनका लागि गएका दुवैजनाको शव हिउँमा पुरिएको अवस्थामा फेलापरेको हो ।
उक्त क्षेत्रमा लगातार परेको हिमपातका कारण कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक गणेश बमले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्