
काठमाडौं । नेपालका लागि भारतका राजदूत मन्जीव सिंह पुरी यतिबेला नेपालका मन्त्री तथा शीर्ष नेताहरुसँग विदाइ भेटघाटमा ब्यस्त छन् ।
पुरीको नेपाल बसाइ यही डिसेम्बर ३१ बाट सकिदैछ । कार्यकाल सकिने भएपछि उनी आफ्नो तीन बर्षे कार्यकालको समिक्षा र भेटघाटमा व्यस्त भएका हुन ।
राजदूत पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर बिदाई भेट गरे । आज(पुस १ गते) उनले विदाइ भोज पनि आयोजना गरेको बु्झिएको छ ।
उनी सन् २०१७ को मार्च २५ का दिन नेपालको लागि भारतको राजदूत बनेर आएका हुन् । उनी पुसको १५ मा स्वदेश फर्किने कार्यक्रम तय भएको दुताबास स्रोतले जानकारी दिएको छ ।
पुरीको कार्यकाल सकिए पनि नयाँ राजदूत को आउने भन्ने निश्चित भएको छैन । यद्यपी, नेपालमै काम गरेर फर्किएका वा नेपालबारे जानकारी कोही पनि कूटनीतिज्ञलाई नेपालका लागि नयाँ राजदूत सिफारिस हुने निश्चित ।
त्यतिमात्र होइन पछिल्लो समय नेपालसँग सीमा विवादलगायतका कारण विग्रिएको सम्बन्धलाई सन्तुलित ढंगबाट भूमिका निर्वाह गर्नसक्ने कुटनीतिज्ञलाई नेपालको राजदूत पठाउने भारतीय तयारी छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमीत शाह नेपालका लागि नयाँ राजदूत पठाउन आफैं सक्रिय भएर लागेको बुझिएको छ
स्रोतका अनुसार नेपालका लागि नयाँ राजदूतमा तीन जनाको नाम चर्चामा छ । अहिले सिंगापुरका लागि भारतका हाइकमिसनर जाभेद असरफको नाम अग्रपंक्तिमा छ ।
त्यस्तै अखिलेश मिश्र र गोपाल बागले पनि चर्चामा छन् । उनीहरु सबैले काठमाडौंको दुतावासमा बसेर काम गरिसकेका छन् ।
मिश्र र बागले दूतावासको प्रेस एण्ड कल्चरल शाखामा थिए भने असरफ आर्थिक कन्सुलरको रूपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्