
-प्रकाश पाक्साँवा/ईमेज
तेह्रथुम । परिवारको खुशीसँगै रमाई रहेका थिए, छथर गाउँपालिका–१ आङदिम डङडङेका साङगे शेर्पा ।
उनी आफ्नो कार्यालयको काममा इमान्दार र समाजसेवामा क्रियाशिल थिए । नेपाल टेलिकम हिले धनकुटामा कार्यरत शेर्पाले यसपाली छोराको बिहेको लागि चाँजोपाँजो मिलाउँदै थिए ।
छोराको लागी खोटाङमा बेहुली मगनी समेत गरिसकेका शेर्पा छोराको बिहेको तयारी जुट्न थालेका थिए । बिडम्बना मंसिर २९ गते कार्यालयको कामले धनकुटाको हिलेबाट सिधुवा जाने क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाए ।
शेर्पा संघ तेह्रथुमका सचिव तथा शेर्पा समुदायका कहलिएका लामा(पण्डित) समेत रहेका शेर्पाको मृत्युले अहिले पुरै गाउँ भाववीहल बनेको छ ।
धनकुटाको हिलेबाट सिधुवा बजारतर्फ अफिसकै कामका जाँदै गरेका शेर्पा आफु चढेको टेम्पो र बिपरित दिशाबाट आउँदै गरेको लहरी ठोक्किएर दुर्घटना हुँदा ज्यान गुमाएका थिए ।
‘दैव पनी कती निष्ठुरी’ एउटा सुन्दर परिवार क्षणभर मै आँशुको भेलमा पुर्याइदियो । शेर्पा समुदायमा हुने कुरीति र कुसंंस्कारको अन्त्य गर्ने एक अभियन्ताको रुपमा रहेका उनको मृत्युले ठूलो क्षति भएको छिमेकी लाक्पा शेर्पाले बताए ।
१४ परिवारका अभिभावक रुपमा रहेका शेर्पाका श्रीमती १ छोरी ३ बुहारी र ५ छोरा छन् । २२ बर्षदेखि नेपाल टेलिकममा काम गर्दै आएका शेर्पाले अफिसकै काममा जाने क्रममा ज्यान गुमाएको परिवारले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्