बारा, फागुन २३ । बाराको निजगढ नगरपालिका–११ स्थित तेह्र किलोमा हिजो बेलुकी सुमो जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय वृद्ध छन् । उनको घटनास्थल मै मृत्यु भएको हो । हिजो बेलुकी करिब पौने ८ बजे ना१ज ३७८५ नम्बरको सुमो जिपले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिपसहित…