२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकप्रति आपत्ति


0
Shares

काठमाडौं, फागुन २२ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयकप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।

बुधबार राजधानीमा ‘२५ प्लस’ समूहले आयोजना गरेको कार्यक्रममा नागरिक अगुवाहरुले हरेक नागरिकको विवरण ‘डिजिटलाइज’ गर्ने सरकारको काम प्रशंसनीय भएपनि नागरिकता र परिचयपत्र दुवै रहने अवधारणाप्रति आपत्ति जनाएका हुन् ।

कार्यक्रममा २५ प्लस समूहका सदस्य सूर्यनाथ उपाध्यायले नक्कली नागरिकताको छानबिन गरेर खारेज गर्नुपर्नेमा नागरिकताकै आधारमा परिचयपत्र वितरण गर्ने तयारी गर्दा गैरनागरिकले पनि राष्ट्रिय परिचयपत्र पाउने बताए ।

नक्कली नागरिकता खारेज गरेर अहिले रहेको नागरिकतालाई डिजिटलाइज गर्नुपर्ने र नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये एउटामात्रै कायम गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

कार्यक्रममा २५ प्लसकै अर्का सदस्य श्रीप्रसाद पण्डित र लक्ष्मणप्रसाद घिमिरेले ‘विधेयक छलफलकैक्रममा रहेका बेला परिचयपत्र बाँड्ने हतारो किन गरियो ?’ भनी प्रश्न गरे ।