
ललितपुर, फागुन २३ । ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५१ बर्षीय पुरुष छन् ।
गएराति सवा ९ बजे बा९७प ३२७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा स्टार अस्पताल सानेपामा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालकलाई सानेपा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्