काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ । नेवाः राजनीतिक अभियानको संयोजकत्वमा १४ संघसंस्थाले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान गरेको हो । प्रतिनिधि सभामा मातृभाषा शिक्षा संशोधन गराएर विधेयक पारित गराएकोदेखि पहिचान र संघीयताको आन्दोलनमा महत्वपूर्ण योगदान दिएकाले कदर स्वरुप श्रेष्ठलाई जनकवि दुर्गालाल श्रेष्ठको बाहुलीबाट सम्मान दिएको हो…