काठमाडौं, माघ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ भने केहीलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको छ । विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको कफी पसलमा आगलागी हुँदा केही समय विमानस्थल बन्द गर्नु परेको हो । जसका कारण विमान उडानमा अबरोध भएको छ भने केही विमानलाई आकाशबाटै अन्यत्रै मोड्नु परेको हो ।…