२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश


0
Shares

सर्लाही । सर्लाही जिल्ला अदालतले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बरहथवा नगरपालिकाको गङ्गापुर निवासी यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यादव विरुद्ध गत शुक्रवार सर्लाही जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि कसुरमा अभियोग पत्र दर्ता भएको थियो ।

यादवबाट ऋण लिएकाहरुले ऋण लिँदा कपाली तमसुक बनाई चर्को ब्याज असुली गरेको र ऋण लिँदा धरौटी राखेको जग्गा आफू खुशी बिक्री गरेको गुनासो गर्दै सङ्घीय सरकारका मन्त्री तथा शीर्ष नेताहरु र सुरक्षा अधिकारीलाई भेट्न काठमाडौं पुगेपछि यादवलाई प्रहरीले गत पुस २३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

ऋणीहरुले यादवलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गर्दै आएका थिए ।